२३ असार २०८३, मंगलबार

राजस्व विभागले गर्‍यो नक्कली अन्तशुल्क स्टिकरको उत्पादन तथा वितरण गर्ने गिरोहका २ नाइकेलाई पक्राउ

राजस्व विभागले गर्‍यो नक्कली अन्तशुल्क स्टिकरको उत्पादन तथा वितरण गर्ने गिरोहका २ नाइकेलाई पक्राउ
फाइल तस्वीर

नक्कली अन्तशुल्क स्टिकरको उत्पादन वितरण तथा पैठारी गर्ने गिरोहका नाइकेहरू पक्राउ परेका छन् ।

आन्तरिक राजस्व विभागले धनगढी आन्तरिक राजस्व कार्यालयको सहयोगमा २ नाइकेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष सिंह र संग्राम साउद रहेका छन् ।

विभागका एक अधिकारीका अनुसार, उनीहरूले अन्तःशुल्कको नक्कली स्टिकर भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत वितरण गर्ने कार्यमा सक्रिय रहेको पाइएको छ ।

अहिले दुबै अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाइएको विभाग स्रोतले जनाएको छ ।

सिंह र साउद आफैले सञ्चालन गरेको वेष्टर्न लिकर्स मसुरिया कैलाली मार्फत पनि नक्कली स्टिकरको प्रयोग गरी कारोबार गरेको भेटेपछि विभागले निगारीमा राखेको थियो ।

स्रोतले भन्यो,'सिंह र साउदले पटक पटक भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत ससाना डिष्ट्रिलरीमा वितरण गर्ने काम गरेको भेटिएको हो ।'  

salt training

कमेन्ट गर्नुहोस्