१५ असार २०८३, सोमबार

अफगानिस्तानबाट उद्धार भएका ९ जना काठमाडौं पुगे

भदौ १६, २०७८
अफगानिस्तानबाट उद्धार भएका ९ जना काठमाडौं पुगे
फाइल फोटो

अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका ९ जना बुधवार काठमाडौं आइपुगेका बताएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ८४७ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले बुधवार अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।

आगमनपछि उनीहरूलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ । 

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएसन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नाम सहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्