०८ असार २०८३, सोमबार

निर्वाचन आयोगका सहसचिव श्रेष्ठको सचिवमा बढुवा

निर्वाचन आयोगका सहसचिव श्रेष्ठको सचिवमा बढुवा

सरकारले निर्वाचन आयोगमा कार्यरत सहसचिव राजकुमार श्रेष्ठलाई सचिव पदमा बढुवा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

सरकारले दीगो तथा सम्मानित रोजगारीको लागि संचालित सीप परियोजनाको लागि स्विस सरकारको अनुदान सहायता करिब १ अर्ब ९३ करोड रुपैया स्विकृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकले माओवादी जनयुद्ध,२०६२÷६३ को आन्दोलन, मधेश आन्दोलनका घाइते अपांगको पुनःस्थापना हेरचाह, सहायतासम्बन्धी निर्देशिकाको दोश्रो संसोधन २०७८ स्विकृत गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पाकिस्तानको माउन्ट के२को सफल आरोहण गर्ने दावा तेन्जिङ शेर्पाको टोलीलाई प्रोत्साहन स्वरुप जनही १ लाख नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्