०१ असार २०८३, सोमबार

माधव नेपालको पार्टीमा लागेका मन्त्रीले दिए राजीनामा

भदौ १७, २०७८
माधव नेपालको पार्टीमा लागेका मन्त्रीले दिए राजीनामा

 बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिएका छन् । मन्त्री  खनालले बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी    शाक्यलाई राजीनामा दिएका हुन् ।  मुख्यमन्त्री  शाक्यले मन्त्री खनालको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को पक्षमा मन्त्री खनालले मङ्गलबार प्रदेश निर्वाचन कार्यालय, हेटौँडा  पुगेर  सनाखत  गरेका थिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्