२९ जेठ २०८३, शुक्रबार

थानकोटमा डरलाग्दो दुर्घटना, बसले किचेर वृद्धाको मृत्यु

कात्तिक २०, २०७४
थानकोटमा डरलाग्दो दुर्घटना, बसले किचेर वृद्धाको मृत्यु

काठमाडौँ, १ असार– चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा नजिकै आज बिहान भएको सडक दुर्घटनामा स्थानीयवासी ७२ वर्षीया तुलसीमाया श्रेष्ठको मृत्यु भएको छ ।

काठमाडौँबाट भैरहवा सञ्चालन हुने लु १ ख ६४६६ नंको यात्रुवाहक बसले बिहान ६ बजे गुर्जुधारा नजिकै नेपाल टेलिकमको कार्यालयअगाडि ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै ज्यान गएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

थानकोटस्थित महानगरीय प्रहरी वृत्तले घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्