
काठमाडौं, १ असार – सरकारले असार १४ को निर्वाचन सार्ने गृहकार्य गरिरहेको बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले स्थायी कमिटि बैठकले सरकारको प्रस्तावलाई अस्वीकार गर्ने बताएको हो । बैठक पछि एमाले प्रवक्ता योगेश भट्टराईले स्थानीय तहको संख्या थप्ने र संविधान संशोधनप्रति एमालेको अडान कायमै रहेको बताए ।