काठमाडौं, १ असार – कलाकार हरि केसीले गरिबीको कारण परदेश जानु परेको पीडालाई गीतमार्फत प्रस्तुत गर्दै नरोएको दिन छैन बोलको गीत बजारमा ल्याएका छन् ।

आमा छोराको पीडालाई प्रस्तुत गरिएको गीतमा हरि केसी र टिका पुनको स्वर रहेको छ भने उक्त गीतको भिडियोमा रमा थपलिया र निशान विसीले अभिनय गरेका छन् । उक्त भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् ।