काठमाडौं, १ असार–सामाजिक सञ्चाल फेसबुकमा नयाँ (विशेषता) फिचर थप भएको छ । नयाँ थपिएको विशेषताअनुसार अब फेसबुकमा अरु व्यक्तिले अपलोड गरेको फोटो तथा स्टाटसमा कमेन्ट गर्दा जीआईएफ इमेज राख्न मिल्ने छ ।
महिनौं लामो परीक्षण पश्चात फेसबुले बिहीबारदेखि उक्त फिचर प्रयोगमा ल्याएको हो ।
यसअघि फेसबुक म्यासेन्जरमा च्याट गर्दा जीआईएफ प्रयोग गर्न सकिन्थ्यो । अब जो कोहीले पनि फेसबुकमा कमेन्ट गर्दा जीआइएफ साइनमा क्लिक गरेर जीआइएफ पिक्चर राख्न सक्नेछन् ।
फेसबुकले गिफी, टेनोर, डिज्नीसहितका जिआइएफ पाट्नरसँग मिलेर कमेन्टका लागि जिआइएफको व्यवस्था गरेको हो ।
