२५ जेठ २०८३, सोमबार

प्रदेश नम्बर दुईको चुनाव सर्‍यो, तीनवटा प्रदेशमा असार १४ मै निर्वाचन

कात्तिक २०, २०७४
प्रदेश नम्बर दुईको चुनाव सर्‍यो,  तीनवटा प्रदेशमा असार १४ मै निर्वाचन

काठमाडाैं, १ असार- आन्दोलनरत राष्ट्रिय जनता पार्टी र सत्तागठबन्धनबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति भएको छ । बाँकी रहेका प्रदेशमा भने असार १४ मै निर्वाचन गराउने सहमति भएको हो ।

प्रदेश १, ५ र ७ मा भने असार १४ मै चुनाव हुने छ । दुई नम्बर प्रदेशको चुनावको मिति भने अाजै अायोगसँगको छलफलमा तय गरिने भएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्ने सहमति भएको जानकारी दिइन् । दुई नम्बर बाहेको प्रदेशमा मनोनयन दार्ता केही दिनपछि सार्ने गरि आयोगसँग छलफल गरिने उनले जानकारी दिइन् । सत्तारुढदलले तीनबजे आयोगसँग छलफल गर्ने भएका छन् ।

 निर्वाचन सार्ने निर्णय भएको भएपनि राजपाले भने यसमा सहमति जनाएको छैन । उसले तेस्रो चरणमा हुने निर्वाचनमा सहभागी हुने सुनिस्चितता भने गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्