३१ जेठ २०८३, आइतबार

दक्षिण कोरियामाथि आक्रमण गर्न उत्तर कोरियाले सुरुङहरू बनाएको खुलासा

कात्तिक २०, २०७४
दक्षिण कोरियामाथि आक्रमण गर्न उत्तर कोरियाले सुरुङहरू बनाएको खुलासा

काठमाडौं, २१ मंसिर — दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट आफ्नो देशतर्फ आउने चारवटा गुप्त सुरुङ खनिएको दाबी गरेको छ । यी सुरुङ एक घन्टाभित्र तीस हजार सैनिक प्रवेश गर्न मिल्ने गरी बनाइएको दक्षिण कोरियाले बतायो ।

north-korea-tunnels

एउटा सुरुङ ८३ मिटर लामो छ जसमा पानीको पाइप पनि बिच्छ्याइएको छ । यहाँ प्रकाशको पनि व्यवस्था गरिएको छ । सुरुङबाट हतियारसहितका गाडी पनि प्रवेश गर्न सक्छन् ।

अन्य तीन सुरुङको डिजाइन हेर्दा भर्खरै तयार गरिएको देखिन्छ । यी सुरुङमा पानी, बिजुली र हतियार भण्डारणको सुुविधा छ । सैनिकहरू सुत्ने व्यवस्था पनि छ यहाँ ।

दक्षिण कोरियाका सीमा अधिकृतका अनुसार सीमाक्षेत्रमा अझै १६ वटा सुरुङ छन् जसको खोजी जारी छ । यी सुरुङहरू दक्षिणमाथि हमला गर्नका लागि नै बनाइएका हुन् ।

आणविक परीक्षण गरेकाले हालै उत्तर कोरियामाथि सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धबाट क्रुद्ध उत्तर कोरियाले दक्षिणमाथि हमला गर्ने धम्की दिएको छ । यही हमलालाई सफल बनाउनका लागि सुरुङ बनाइएको दक्षिण कोरियाको अनुमान छ । सुरुङहरूको खाजी जोडतोडका साथ चलिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्