
काठमाडौं, १ असार — आफ्नो काम देखाउनका लागि स्पेन र मोरक्कोको सीमाको एक तस्वीर प्रयोग गरेकोमा भारतको गृह मन्त्रालयले बेइज्जती खेप्नुपरेको छ ।

मन्त्रालयको वार्षिक प्रतिवेदनमा सीमा क्षेत्रहरूमा चम्किलो बत्ती जडान गरेको भन्दै प्रयोग भएको तस्वीर खासमा भारत र पाकिस्तानको सिमाना नभएको पाइयो ।
अल्ट न्युज वेबसाइटका अनुसार उक्त तस्वीर स्पेनी फोटोग्राफर जाभिएर मोयानोले लिएका थिए ।
मन्त्रालयले बेइज्जत गराउने त्रुटिमाथि छानबिन गराइरहेको बुझिएको छ ।
नरेन्द्र मोदी सरकारले आधिकारिक प्रेस वक्तव्य र प्रतिवेदनहरूमा गलत वा फोटोशप गरिएका तस्वीर समावेश गर्ने गरेको भन्दै सामाजिक सञ्जालहरूमा व्यंग्य हुने गरेका छन् ।
गृह मन्त्रालयको वेबसाइटमा गलत तस्वीर पोस्ट भएको अल्ट न्युज वेबसाइटले बताएपछि अनलाइन प्रयोगकर्ताहरूले उडाउन थालेका थिए ।
बीबीसीबाट