काठमाडौं, १ असार– राष्ट्रिय जनता पार्टीले दुई नम्बर प्रदेशमा असोज दुई गते सोमबार निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको सत्तारुढ दल र राजपाको बैठकमा असार १४ का लागि यसअघि तय भएको दोस्रो चरणको निर्वाचन दुई नम्बर बाहेकका प्रदेशमा मात्र गर्ने निर्णय भएको थियो ।
दुई नम्बर प्रदेशमा भने आयोगसँगको छलफलका आधारमा निर्णय गरिने भएको छ जसका लागि आजै तीन बजे आयोगसँग सरकारले छलफल गर्दै छ ।