
काठमाडौं, १ असार — कतारी रक्षा मन्त्रालयले अमेरिकासँग १२ अर्ब डलरमा एफ–१५ फाइटर जेट किन्ने सम्झौता गरेको बुधवार बताएको छ ।

आतंकवादलाई समर्थन गरेको आरोपमा अमेरिकाबाट निन्दित भएपनि कतारले यो सम्झौता गरेको हो ।
यस सम्झौता अनुसार ३६ वटा जेट विमान खरिद गरिनेछन् ।
अमेरिकाका रक्षामन्त्री जेम्स म्याट्टिस र कतारका रक्षामन्त्री खालिद अल–अत्तियाले आतंकवादी संगठन आईएसविरुद्धको कारवाहीका बारेमा छलफल गरेका थिए । खाडी क्षेत्रका मुलुकबीच सबैखाले तनाव कम गर्दा साझा लक्ष्य पूरा गर्न सकिने अमेरिका र कतारको सहमति भएको पेन्टागनले बतायो ।
गत नोभेम्बरमा अमेरिकाले कतारलाई २१ अर्ब डलरमा ७२ वटा एफ–१५क्युए विमानको बिक्री अनुमति दिएको थियो । बोइङ को कतारलाई फाइटर जेट बिक्री गर्ने प्रमुख कन्ट्य्राक्टर हो ।
एजेन्सी