२२ जेठ २०८३, शुक्रबार

लन्डनको आगलागीमा अब जीवित व्यक्ति नभेटिनसक्ने अग्निनियन्त्रण विभागको भनाइ

कात्तिक २०, २०७४
लन्डनको आगलागीमा अब जीवित व्यक्ति नभेटिनसक्ने अग्निनियन्त्रण विभागको भनाइ

काठमाडौं, १ असार — पश्चिमी लन्डनको ग्रेनफेल टावरमा मंगलवार राति लागेको आगोमा परेका मानिसमध्ये जीवितै भेटिने सम्भावना नरहेको उद्धारकर्ताहरूले बताएका छन् ।


लन्डन फायर कमिस्नर ड्यानी कटनका अनुसार उक्त टावरका भग्नावशेषमा अझै पनि धेरै मानिस अड्किएका हुन सक्छन् ।

मानिसहरू हराइरहेका परिवार र साथीका बारेमा समाचारको प्रतीक्षामा छन् । बाह्रजनाको मृत्युको पुष्टि भइसकेको छ ।

मृत्युको संख्या बढ्ने प्रहरीले चेतावनी दिएको छ ।

प्रधानमन्त्री टेरिजा मेले पूर्ण अनुसन्धानको प्रतिज्ञा गरेकी छन् ।

आगो कसरी त्यति तीव्र गतिमा फैलियो भनी प्रश्न उठ्न थालेका छन् ।

अस्पतालमा ३४ जना छन् र तीमध्ये १८ को अवस्था चिन्ताजनक छ ।

अग्निनियन्त्रकहरूलाई २४ तल्ले टावरमा बुधवार मध्यरातमा बोलाइएको थियो । त्यतिखेर धेरैजना टावरमा सुतिरहेका थिए ।

धेरैलाई छिमेकहरूले वा तल भएको हल्लाखल्लाले उठाएको थियो र उनीहरू भवनबाट भागेका थिए ।

अग्निनियन्त्रकहरूले ६५ वयस्क र बालबालिकालाई उद्धार गरेका थिए तर केही चाहिँ धूँवा र आगोको लप्काका कारण घरैमा फसेका थिए ।

आगो कसरी लाग्यो प्रस्ट हुन सकेको छैन ।

आगलागीका कारण घरवारविहीन भएका मानिसले अस्थायी उद्धारकेन्द्रमा रात बिताएका थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्