×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव

नवनिर्मित भवन चुहिएपछि अख्तियारको टोली महान्यायाधिवक्ता कार्यालयमा, कारवाहीको चेतावनी

भदौ २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

महान्यायाधिवक्ता कार्यालयको नवनिर्मित भवन चुहिएर पार्किङस्थलमा ताल जमेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ ।

Muktinath Bank

झण्डै एक अर्ब खर्चिएर बनेको अत्याधुनिक भवन एक वर्ष नबित्दै चुहिएको समाचार सोमवार बिहान लोकान्तरमा प्रकाशित भएपछि अख्तियारको टोलीले अपराह्न महान्यायाधिवक्ताको कार्यालयमा पुगेर अनुगमन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य नेतृत्वको ३ सदस्यीय छानबिन टोलीले महान्यायाधिवक्ता कार्यालय भवनको स्थलगत अवलोकन गर्नुका साथै फोटो र भिडियो समेत खिचेर लगेको छ ।


Advertisment
Nabil box
Kumari

साथै टोलीले महान्यायाधिवक्ता सहित कार्यालयका अन्य कर्मचारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि र ठेकेदार कम्पनीका प्रतिनिधिलाई राखेर छलफल समेत गरेको थियो ।

Vianet communication
Laxmi Bank

'तलदेखि माथिसम्म अनुगमन गर्दा यहाँ गम्भीर त्रुटि देखियो । यसको तत्काल मर्मत गर्नुस्, होइन भने हामीले छानबिन अगाडि बढाउँछौं,' छलफलमा अख्तियारको टोलीले भनेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

अख्तियार चेतावनीपछि ठेकेदार कम्पनीले तत्काल मर्मतको काम अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयका एक कर्मचारीका अनुसार यसअघिको झरीमा पनि पानी चुहिने समस्या देखिएको थियो ।

पटक–पटक जानकारी गराउँदा समेत ठेकेदार कम्पनीले मर्मतका लागि अटेरी गर्दै आएको थियो ।

सोमवार पार्किङ क्षेत्रमा ताल नै जमेको समाचार लोकान्तरले प्रकाशित गरेपछि अख्तियारले तत्कालै चासो देखाएर स्थलगत अनुगमन गरेको हो ।

शर्मा–समानान्तर जेभीले करीब ९५ करोडमा निर्माण सम्पन्न गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ८ गते उद्घाटन गरेको अत्याधुनिक भवनमा एक वर्ष नबित्दै पानी चुहिएको हो ।

'बाहिरबाट छिरेको होइन, भवन नै चुहिएर पानी जमेको हो,' महान्यायाधिवक्ताको कार्यालयका एक कर्मचारीले लोकान्तरसँग भने, 'झण्डै एक अर्ब खर्चिएको भवन एक वर्ष नपुग्दै चुहिन थालेको छ ।'

यति मात्र होइन, त्यहाँका एक कर्मचारीका अनुसार लिफ्ट समेत ३ महिनादेखि बिग्रिएको छ । सञ्चालनमा आउन नपाउँदै लिफ्ट बिग्रिएर थन्किएको हो ।


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x