०८ असार २०८३, सोमबार

बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानीको बृद्धिदर धेरै

बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानीको बृद्धिदर धेरै

वाणिज्य बैंकहरुको निक्षेप संकलन भन्दा कर्जाको बृद्धिदर धेरै देखिएको छ।

चालु आर्थिक वर्ष लागेदेखि नै निक्षेप संकलन बढ्न सकेको छैन भने कर्जा लगानी उच्च रुपले बढ्दै गएको छ।

नेपाल बैंकर्स एसाेसिएसनको तथ्यांक अनुसार गत साता मात्रै बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले मात्रै बढेको छ भने कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको छ।

भदाै तेस्रो साता अर्थात १८ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४१ खर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

भदौ महिनामा मात्रै बैंकहरुको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढेको छ भने निक्षेप संकलन ६ अर्ब रुपैयाँले मात्रै बढेको छ।

salt training

कमेन्ट गर्नुहोस्