०५ असार २०८३, शुक्रबार

अर्थमन्त्रीको फोनपछि सेयर बजारमा सुधार

भदौ २२, २०७८
अर्थमन्त्रीको फोनपछि सेयर बजारमा सुधार

 साताको पहिलो दिनमा एक सयभन्दा बढी  अङ्कले  ओरालो  लागेको  सेयर  बजारमा  साताको  दोस्रो दिन भने डेढ सयभन्दा बढी अङ्कले उकालो लागेको छ।
आइतबारको कारोबारमा १०८.२६ अङ्कले नेप्से घटेको र  सबै  समूहको  कारोबार  नकारात्मक  रहेपछि  लगानीकर्ताले त्यसको  दोष  नेपाल  राष्ट्र  बैङ्कले  हालै  ल्याएको  मौद्रिक नीतिमाथि लगाएका थिए।

त्यसैका आधारमा सोमबार अर्थमन्त्री जनार्दन  शर्माले  नेपाल  राष्ट्र  बैङ्कका  गर्भनर  महाप्रसाद अधिकारीलाई  टेलिफोन  गरी  सेयरको  समस्या  समाधान  गर्न ध्यानाकर्षण गराएका थिए ।  नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण सेयर बजारमा ओरालो लागेको लगानीकर्ताबाट टिप्पणी बढ्न  थालेपछि  अर्थमन्त्री  शर्माले  राष्ट्र  बैङ्कका  गर्भनरसँग टेलिफोन  वार्ता  गरेर  यस  विषयमा  ध्यानाकर्षण  गराएका हुन् ।
 राष्ट्र बैङ्कद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा उनले सोमबार गभर्नर महाप्रसाद  अधिकारीसँग  टेलिफोनबाट  सोधपुछ  गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री  शर्माले  पुँजी  बजारमा  देखिएको  पछिल्लो परिस्थितिलाई  सहज  बनाउन  गभर्नरलाई  आग्रह  गर्नुभएको थियो।  सो  अवसरमा  गभर्नर  अधिकारीले  आवश्यक  प्रक्रिया मिलाई  परिस्थिति  सहज  बनाउन  प्रयास  गर्ने  प्रतिबद्धता जनाएको खबर गोरखापत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्