०१ असार २०८३, सोमबार

आजका देशका यी स्थानमा भारी वर्षाको सम्भावना

आजका देशका यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको रहनुका साथै पश्चिमी तराई नजिक मनसुनको न्युन चापीय रेखा रहेको छ।
जसका कारण मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै  गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार बिहान पनि देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा  भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्