०१ असार २०८३, सोमबार

भुटानका राजकुमार चढेको विमानमा कमिलाको ताँती लागेपछि उडान रद्द

भदौ २२, २०७८
भुटानका राजकुमार चढेको विमानमा कमिलाको ताँती लागेपछि उडान रद्द

भारतको दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जानका लागि तयार एयर इन्डियाको विमानमा कमिलाको ताँती लागेपछि उडान रद्द गरिएको छ । 

विमानको बिजनेस क्लासमा कमिला पसेपछि उडान रद्द गरेर अर्को विमानमा यात्रुहरूलाई सारिएको थियो । 

एआई–१११ उडानमा भुटानका युवराज जिग्मे नामग्येल वाङचुक पनि थिए ।

विमान प्यासेन्जर बेमा रहँदा कमिलाको ताँतीको गुनासो आएपछि उडान समय परिवर्तन गरिएको थियो । 

यसअघि एयर इन्डिया एक्सप्रेसको उडान साउदी अरब जान लागेको बेलामा विमानको शीशा फुटेपछि तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो । 

अ िनगत मे महिननमा अमेरिकाको नेवार्कबाट दिल्ली आइरहेको एयर इन्डियाको विमानमा चमेरा देखिएपछि उडेको आधा घन्टामा आकस्मिक अवतरण गरिएको थियो । विमानको बिजनेस क्लासमा चमेरोको मृत शरीर थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्