
अफगानिस्तानको आन्तरिक मामिलामा पाकिस्तानको संलग्नताको विरोध गरिरहेका मानिसलाई काबुलमा तालिबानले हावामा गोली प्रहार गरेर तितरबितर बनाएको एएफपीले खबर दिएको छ ।
पाकिस्तानी दूतावासबाहिर लगभग ७० जना मानिसले ब्यानर लगाएर नारा घन्काउँदै प्रदर्शन गरेका थिए । इस्लामाबादले अफगानिस्तानमा हस्तक्षेप गरेकोमा उनीहरूले विरोध जनाएका हुन् ।