०५ साउन २०८३, मंगलबार

गण्डकीका मुख्यमन्त्री पोखरेलले भने- राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्छ

भदौ २२, २०७८
गण्डकीका मुख्यमन्त्री पोखरेलले भने- राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताएका छन् । 

१८ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर हुने बताए । 

निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउने तथा विकास, समृद्धि र सुशासन प्रवर्द्धनमा सबै निजामती कर्मचारी ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिबद्ध हुनु आवश्यक रहेको शुभकामना सन्देशमा भनिएको छ ।

गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयनमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । 

निजामती सेवा दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको बसुन्धारा पार्क नजिकै वृक्षारोपण गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्