२६ जेठ २०८३, मंगलबार

सिलवालको मुद्दामा असार १५ मा सुनुवाइ

कात्तिक २०, २०७४
सिलवालको  मुद्दामा असार १५ मा सुनुवाइ


काठमाडौँ, १ असार - प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दा यही असार १५ गतेका लागि सरेको छ ।silwal

गत जेठ १८ गते हेर्दाहेर्दैमा आज हुने तय भए पनि पुनःसरेर असार १५ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेपछि वरियता क्रममा आफू पहिलो नंमा भएकोे जिकिर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले रिट निवेदन दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्