२३ जेठ २०८३, शनिबार

१६० आरोहीलाई शरदयाममा मनास्लु हिमाल चढ्ने अनुमति

भदौ २२, २०७८
१६० आरोहीलाई शरदयाममा मनास्लु हिमाल चढ्ने अनुमति

शरदऋतुयाममा मनास्लु हिमाल (८,१६३ मिटर) आरोहणका लागि आकर्षण देखिएको छ । 

पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । 

सोमवारसम्म कञ्चनजंघा हिमाल (८,५८६ मिटर) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुवै हिमालबाट हालसम्म ३१ लाख ४६ हजार सलामी दस्तुर संकलन भएको छ । 

शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।

अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ । 

अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्