०५ साउन २०८३, मंगलबार

मुख्यमन्त्री केसीले दिन सकेनन् मन्त्रिमण्डललाई पूर्णता, कांग्रेसका भागको मन्त्रालय चौधरीको जिम्मा

मुख्यमन्त्री केसीले दिन सकेनन् मन्त्रिमण्डललाई पूर्णता, कांग्रेसका भागको मन्त्रालय चौधरीको जिम्मा

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कूलप्रसाद केसीले  सत्ता गठबन्धनको दल नेपाली कांग्रेसको भागमा रहेका मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीलाई दिएका छन् ।

मन्त्रिमण्डल विस्तारमा समय लागेपछि कांग्रेसको भागमा पर्ने अन्य ३ मन्त्रालय पनि मन्त्री चौधरीले नै हेर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ । 

मन्त्रिमण्डल विस्तार नहुँदासम्मका लागि मुख्यमन्त्री केसीले ३ मन्त्रालयको जिम्मेवारी आफूलाई प्रदान गरेको मन्त्री चौधरीले बताए । उनका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय र शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तत्कालका लागि चौधरीलाई प्रदान गरिएको छ ।

लुम्बिनीमा १५ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी छ । कांग्रेसबाट पाल्पाका वीरबहादुर राना, रूपन्देहीका बसिउद्धिन खाँ र बाँकेका सुरेन्द्र हमाललाई मन्त्री बनाउने चर्चा छ । 

नेपाली कांग्रेसले एक राज्य मन्त्रीसहित ४ जनालाई सरकारमा पढाउने तयारी गरेको छ । १ महिना हुनैलाग्दा समेत सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । मन्त्रीका लागि कार्यकक्ष, कर्मचारी र सवारीसाधन व्यवस्थापन गर्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकिएको छैन । मन्त्रालयको संख्या टुंगो लागे पनि सरकारका गतिविधि ठप्प छन् ।

८ महिना मात्र सरकार सञ्चालन गर्ने जिम्मा पाएका मुख्यमन्त्री केसीको १ महिना अलमलमै बितेको छ । प्रदेश सभाको बाँकी कार्यकालको ८/८ महिना नेतृत्व गर्ने कांग्रेस र माओवादीबीच सहमति छ । 

salt training

कमेन्ट गर्नुहोस्