२३ जेठ २०८३, शनिबार

संखुवासभा घटना : बाकसमा भेटियो सुन र पैसा

भदौ २३, २०७८
संखुवासभा घटना : बाकसमा भेटियो सुन र पैसा


सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङमा भएको एकै परिवारका ६ जना हत्या प्रकरणमा अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट नाै गेडी मुन्द्री लगायतका सुनका गहना , करीब चार लाख रुपैँया रकम र  चार सेट माेवाइल फाेन फेला परेको साे घटना अनुसन्धानमा संलग्न सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालले जानकारी दिए ।
मादी १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको परिवारको रहस्यमय हत्या प्रकरणमा घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीको टोली त्यस्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाको टोली, सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालको कमाण्डमा रहेको विशेष टिम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा काेठामा बाकसमा राखिएका गहना नगद करीब चाल लाख रुपैँया रकम फेला परेको दाहालले बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्