१५ असार २०८३, सोमबार

एनएमबि बैंकको तीज लक्षित अफर

एनएमबि बैंकको तीज लक्षित अफर

 एनएमबि बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यु आर कोड, पोस वा इएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १०% वा रु.३०० सम्म क्यास ब्याकको अफर ल्याएको छ । 

तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारबर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्