२४ असार २०८३, बुधबार

बागलुङ-पर्वत जोड्ने झोलुंगे पुलको नाम- गण्डकी गोल्डेन ब्रिज

बागलुङ-पर्वत जोड्ने झोलुंगे पुलको नाम- गण्डकी गोल्डेन ब्रिज

सिंगल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुंगे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी सुनौलो झुला नामकरण गरिएको छ ।

पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बांगेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुंगे पुललाई गण्डकी गोल्डेन ब्रिज नामकरण गरेको हो । अंग्रेजी र नेपाली दुवै भाषाको नाम स्वीकृत भएको नगर प्रमुख जनकराज पौडेलले बताए । 

पुलको नयाँ नामसँगै जिल्लामा पर्यटन भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । पुलको उद्घाटन गरेर पुलको नामकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । 

पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई २५ हजार राशिको पुरस्कारसमेत घोषण गरेको बागलुङ नगरपालिकाले सो पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ र नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख पौडेलले जानकारी दिए । 

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकामा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्वीकृत भएको हो । उक्त पुलको नामकरण बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले गरेका थिए । 

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटरको सो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्