०९ असार २०८३, मंगलबार

महिला शिक्षकलाई देखेर कक्षाकोठामै छात्रले सिँठी बजाएपछि ...

भदौ २३, २०७८
महिला शिक्षकलाई देखेर कक्षाकोठामै छात्रले सिँठी बजाएपछि ...
प्रतिकात्मक तस्वीर

स्कूल पढ्ने सबै विद्यार्थी एकनाशका हुँदैनन्, कतिपय विद्यार्थी बदमास र अनुशासनहीन पनि हुन सक्छन् ।

भारतको हरियाणा फतेहाबादस्थित टोहाना टोलमा रहेको राजकीय वरिष्ठ माध्यमिक विद्यालयका एक छात्रले महिला शिक्षकलाई देखेर सिँठी बजाएपछि ४० विद्यार्थीले पिटाइ खाएका छन् ।

विद्यार्थीको सामूहिक पिटाइपछि गम्भीर घाइते भएका १० जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ । घाइते विद्यार्थी र अभिभावकले शिक्षक र विद्यालयविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

घटनापछि शिक्षा विभाग, प्रहरी अधिकारी र स्थानीय प्रशासन सक्रिय भएको छ । सिँठी बजाएको घटनामा सबै विद्यार्थीमाथि निर्घात कुटपिट गरिएपछि अभिभावक आक्रोशित बनेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्पतालमा भर्ना भएका विद्यार्थी प्रीतपाल सिंहले पछाडिको बेन्चमा बसेका विद्यार्थीले सिँठी बजाएपछि सबैमाथि कुटपिट गरिएको गुनासो गरे । विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई कारवाही हुनुपर्ने माग विद्यार्थीले राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्