२८ जेठ २०८३, बिहीबार

तीज बिदाको दिन पनि नर्भिकको ओपीडी खुल्ने

तीज बिदाको दिन पनि नर्भिकको ओपीडी खुल्ने

थापाथलीस्थित नर्भिक अस्पतालले तीज बिदाको दिन पनि ओपीडी सेवालाई सुचारु गर्ने भएको छ । 

प्राय अस्पतालहरूमा सार्वजनिक बिदाको दिन ओपीडी सेवा सञ्चालन हुँदैन । नर्भिकले भने तीजको बिदाको दिनसमेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपीडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो । 

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार तीजको सार्वजनिक बिदा परेको बिहीवार नर्भिकमा केही कन्सल्ट्यान्टहरूले ओपीडी सेवा दिनेछन् । 

कार्डियोलोजीतर्फ डा. जेपी जैसवाल, अर्थोपेडिकतर्फ डा. सगुन जोशी, छातिरोग विशेषज्ञ डा. रमेश चोखानी, साइकाट्रिस्ट डा. यादव बिष्ट, कार्डियोतर्फ नै डा. शैलेन्द्र कुश्वाहा, यूरोलोजिस्ट डा.सुनिल श्रेष्ठ, बालरोग विशेषज्ञ डा. अञ्जली बगेडिया, ग्यास्ट्रोलोजिस्ट डा.शशी, नाक, कान घाँटी विशेषज्ञ डा. किरण राज र गाइनोकोलोजिस्ट डा. नूतन शर्माले ओपीडी सेवा दिनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्