काठमाडौँ, १ असार - देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् ।

चेतना अभिवृद्धि केन्द्र ९क्याप० नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु, कलङ्की, सुन्धारा, ठमेल साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा धेरै महिला श्रमिकले काम गरिरहेका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय महिला उक्त क्षेत्रमा लागेको क्याप नेपालले जनाएको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्ने कतिपय महिला श्रमिक यौन शोषणको सिकार बन्ने गरेकोमा उनीहरुलाई कसरी सम्मानित जिवन ज्ञापन गराउने बिषयमा क्याप नेपालले विगत १४ वर्षदेखि क्याप नेपालले काम गरिरहेको छ ।
धेरै होटल, रेष्टुराँ, दोहोरी, डान्सबार भएको क्षेत्र टोखा नगरपालिकाको गोँगबु क्षेत्रमा काम गर्ने महिलाहरुको हक अधिकारका लागि क्याप नेपालले आज टोखाका जनप्रतिनिधिसँग अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।
फोटो : www.quora.com