२८ जेठ २०८३, बिहीबार

ईपीएलको खेल तालिका सार्वजनिक

भदौ २३, २०७८
ईपीएलको खेल तालिका सार्वजनिक

सर्वाधिक पुरस्कार राशि भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको छ । 

आगामी असोज ९ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौँ किंग्स ११ बीच हुने आयोजक ईपीएल प्रालिले जनाएको छ । 

विभिन्न शहरका ६ फ्रेन्चाइज टोलीको सहभागितामा हुने उक्त प्रतियोगिताअन्तर्गत असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् । त्यही दिन अर्को खेल गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ ।  

असोज २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले ५० लाख तथा उपविजेताले १५ लाख प्राप्त गर्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्