
भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयशा मुखर्जीलाई तलाक दिएपछि वेदना पोखेकी छन् ।
आयशाको यसअघि समेत तलाक भइसकेको थियो । शिखरसँग आयशाको दोस्रो तलाक हो ।
तलाकपछि आयशाले इन्ट्राग्राममा थुप्रै पोस्ट गरेकी छन् भने शिखर मौन रहेका छन् । आयशाले आफ्ना पोस्टमा तलाकको अनुभव र पीडाबारे वेदना पोखेकी छन् ।
आयशाले लेखेकी छन्, ‘शब्दको यति शक्तिशाली अर्थ कसरी हुनसक्छ ? मैले एक तलाकवालीका रूपमा यसको अनुभव पहिला पनि गरिसकेकी छु । म आफ्नो पहिलो तलाकबाट धेरै डराएकी थिएँ । मलाई लाग्यो, म असफल भएँ ।’
उनले अगाडि भनेकी छन्, ‘मलाई लाग्थ्यो, मैले सबैलाई निच देखाए र स्वार्थी भएको जस्तो महसूस गरें । मैले आफ्ना परिवारजनलाई निच देखाएँ, बच्चालाई निज देखाएँ, यहाँसम्मकी भगवान्लाई निज देखाएँ । तलाक एक बहुत नै खराब शब्द हो ।’