०९ साउन २०८३, शनिबार

तालिबान सत्तामा आएपछि बुद्धको भिक्षापात्रका विषयमा चिन्ता

भदौ २३, २०७८
तालिबान सत्तामा आएपछि बुद्धको भिक्षापात्रका विषयमा चिन्ता

अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार गठन गरेपछि भारतको बिहारका पुरातत्त्ववेत्ता तथा अनुसन्धाताहरूले काबुल संग्रहालयमा रहेको बुद्धको भनिएको भिक्षापात्रको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेप्टेम्बर ३ मा एक पत्र लेखेर अनुसन्धाता रञ्जित कुमारले भिक्षापात्र फिर्ता ल्याउनका लागि पहल गर्न आग्रह गरेका छन् । उनी वैशालीका दिवंगत सांसद रघुवंशप्रसाद सिंहका सहयोगी हुन् ।

बुद्धले भिक्षा माग्ने गरेको पात्र काबुल संग्रहालयमा रहेको विश्वास गरिन्छ । बुद्धले उक्त भिक्षापात्र वैशालीका जनतालाई दिएको सिंहले दाबी गर्ने गरेका थिए । 

सिंहले यस विषयमा सन् २०१० मा नै कुरा उठाएका थिए । भारतका तत्कालीन परराष्ट्रमन्त्री एसएम कृष्णले उक्त भिक्षापात्र कन्दहारमा पहिला राखिएको र पछि राष्ट्रपति नजीबुल्लाहको पालामा काबुल संग्रहालयमा राखिएको जानकारी दिएका थिए । 

आर्कियोलोजिकल सर्भे अफ इन्डियाका पूर्व क्षेत्रीय निर्देशक पीके मिश्राले सन् २०१४ मा काबुल भ्रमण गरेर उक्त भिक्षापात्रको अवलोकन गरेका थिए । 

उनले भने, ‘भिक्षापात्रमा ब्राह्मी लिपिमा अक्षर कुँदिएका छन् जसबाट त्यो बुद्धको समय भएको थाहा हुन्छ । भिक्षापात्र निकै ठूलो छ र बुद्धले आफ्नो जीवनकालमा भिक्षा माग्नका लागि यसलाई बनाएको हुनुपर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्