२२ जेठ २०८३, शुक्रबार

यस्तो छ संसद बैठकको ३२ बुँदे कार्यसूची

यस्तो छ संसद बैठकको ३२ बुँदे कार्यसूची

प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत ३२ बुँदे कार्यसूची तय भएको छ । 

संघीय संसद सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ । 

३२ बुँदे कार्यसूचीमा शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश लगायत कैयौँ अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची छ ।  अधिवेशनको पहिलो बैठकमै नेकपा एमालेले सभामुख अग्नि सापकोटाको कार्यशैलीलाई लिएर विरोध जनाउने तयारी गरेको छ । 

एमालेले आफूले निस्कासन गरेका १४ सांसदलाई बैठकमा बस्न दिए बैठक अवरुद्ध गर्ने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्