२८ जेठ २०८३, बिहीबार

तालिबानका शिक्षामन्त्री भन्छन्– एमए र पीएचडीको केही काम छैन

भदौ २३, २०७८
तालिबानका शिक्षामन्त्री भन्छन्– एमए र पीएचडीको केही काम छैन

अफगानिस्तानमा तालिबान सरकारका शिक्षामन्त्री शेख मौलवी नूरुल्लाह मुनीरले मास्टर र पीएचडीको डिग्रीको कुनै मूल्य छैन । 

मुल्लाहरूसँग यस्ता डिग्री छैनन् तैपनि उनीहरू महान् छन्, उनले बताए ।

उनले भने, ‘मुल्ला र तालिबान सत्तामा हुनुहुन्छ । उहाँहरूसँग हाईस्कूल, एमए वा पीएचडीको डिग्री छैन तर उहाँहरू सबभन्दा महान् हुनुहुन्छ ।’

यसबीच अफगानिस्तानमा निजी विश्वविद्यालय र उच्च शिक्षा संस्थानहरू खुलेका छन् । विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीलाई बेग्लाबेग्लै राखेर पढाउने व्यवस्था गरिएको छ । महिला शिक्षकले मात्र महिला विद्यार्थीलाई पढाउन पाउँछन् । 

विश्वविद्यालयमा पुरुष र महिला विद्यार्थीलाई सँगै राखेर कक्षा सञ्चालन गर्न पाइने छैन । बीचमा पर्दा राखेर महिला र पुरुष विद्यार्थीहरूले कक्षा लिएको तस्वीर सार्वजनिक भएको छ । 

विश्वविद्यालय प्रशासनले शिक्षा मन्त्रालयको निर्देशन मान्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्