०१ असार २०८३, सोमबार

टिभिएसको बहु-प्रतीक्षित अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै

टिभिएसको बहु-प्रतीक्षित अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै

विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्याति प्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टि.भि.एस अपाचे आरटीआर २०० ४ भी को फर्स्ट इन क्लास राइडिङ्ग मोड्ससंगै बीएस भीआई इन्जिनसहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले बिहीवार दिउँसो एक कार्यक्रमका बीच नयाँ मोडल सार्वजनिक गर्न लागेको हो  ।

यस मोडलमा सडक र मौसम अनुसार राइडिङ्मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ ।

यसको सिस्टममा स्पोर्ट, अर्बान र रेनमोड गरेर तिन वटा मोडहरु रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ।

यसमा आरटीएफआई प्रविधियुक्त बीएस भीआई कम्प्लियन्ट  इन्जिन रहेको छ। 
 
 

salt training

कमेन्ट गर्नुहोस्