०२ साउन २०८३, शनिबार

नेकपा (एस) मा जान पाउँ भन्दै एमालेका दुई सांसदले दिए सर्वोच्चमा रिट

नेकपा (एस) मा जान पाउँ भन्दै एमालेका दुई सांसदले दिए सर्वोच्चमा रिट

नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भन्दै नेकपा एमालेका दुई जना सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । 

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदा देवी भट्टले बुधवार रिट दर्ता गराएका हुन् । 

निर्वाचन आयोग, संघीय संसद सचिवालय, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विपक्षी बनाई उक्त रिट निवेदन दर्ता गराइएको हो । 

नेकपा (एस) मा सनाखत गर्न खोज्दा निर्वाचन आयोगले सनाखत नगरिदिएको तथा नेकपा एमालेमै विवरण हालसम्म अद्यावधिक राखिएको हुनाले नेकपा(एस)मा अभिलेख अद्यावधिक गराउनका लागि विपक्षीहरूको नाममा परमादेश सहितको आदेश जारी गराई पाउँ भन्दै निवेदन दर्ता गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्