२७ असार २०८३, शनिबार

राष्ट्रिय सभाको दोस्रो बैठक पनि स्थगित

भदौ २३, २०७८
राष्ट्रिय सभाको दोस्रो बैठक पनि स्थगित

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ । 

प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन् ।

पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो ।

दोस्रो बैठक शुरू भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक भदौ २५ गते दिनको १ बजे बस्ने गरी बुधवारको बैठक स्थगन गरे ।

बुधवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ सदनसमक्ष पेश गर्ने कार्यसूची थियो । सदन नभएका बेला जारी भएको अध्यादेश सदन खुलेपछि पहिलो बैठकमा पेश गर्ने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्