२२ जेठ २०८३, शुक्रबार

अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा– उत्तर कोरिया

कात्तिक २०, २०७४
अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा– उत्तर कोरिया


सोल, १ असार - अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा गरिएको उत्तर कोरियाले जनाएको छ । ती विद्यार्थीलाई रिहा गरेको दुई दिनपछि उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले यो जानकारी दिएका हुन् ।
उत्तर कोरियाले आफ्नो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई मङ्गलबार रिहा गरेको थियो । उनलाई देशको श्रम शिवीरमा राखिएको थियो ।
Kim_Jong_Un_3523321k-750x400
ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशका विरुद्धमा गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो ।

करिब १५ वर्षको श्रम शिवीरको सजाय सुनाई शिविरमा जबर्जस्ती काममा लगाइएका उनी बिरामी परेका थिए । गम्भीर रुपमा बिरामी परेका उनलाई केही महिनादेखि अस्पतालको कोमामा राखिएको थियो ।

बिरामी परेका उनलाई कोमामा भर्ना गरिएदेखि नै अमेरिकाले रिहाइको माग गरेको थियो । उनको रिहाइका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सरकारलाई बारम्बार आग्रह गरेका थिए ।

उत्तर कोरियाली विद्यार्थीको रिहाई मानवीयताको आधारमा भएको जानकारी कोरियाली सरकारले दिएको हो । अमेरिकाको भर्जिनिया विश्वविद्यालयका ती विद्यार्थीले कोरियाली थुनामा एक वर्षभन्दा बढी समय बिताउनुपरेको थियो ।

उत्तर कोरियाको एक होटलमा बसेका उनले सोही होटलबाट राजनीतिक पर्चा चोरी गरेकोजस्तो सामान्य आरोप उत्तर कोरियाली प्रहरीले लगाएको थियो ।

हिजो अमेरिकाको ओहायोस्थित आफ्नो घर पुगेका ती विद्यार्थीका परिवारले ती विद्यार्थीलाई उत्तर कोरियाली प्रहरीले निर्ममतापूर्वक पिटेको पाइएको जनाएको छ । उनको शरीरभरि पिटाइका कारण निलडामहरु रहेको पनि परिवारले जनाएको छ ।

उत्तर कोरियाको एक अदालतलाई उद्धृतगर्दै यहाँको सरकारी समाचार समितिले भनेको छ– हाम्रो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले मानवीयताको अधारमा रिहा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्