०५ असार २०८३, शुक्रबार

ओली निवासमा दर खाएको फोटो राख्दै शान्ता चौधरीले भनिन्–माइतीमा आमा बाले दर खुवाएको !

ओली निवासमा दर खाएको फोटो राख्दै शान्ता चौधरीले भनिन्–माइतीमा आमा बाले दर खुवाएको !

हिन्दू महिलाहरुको चाड हरितालिका (तीज) बिहीबार मनाइँदैछ । हिन्दू परम्पराअनुसार तीजको अवसरमा दर खाने प्रचलन रहेको छ ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले महिला सभासद तथा नेत्रीहरुलाई बालकोटमा बोलाएर बुधबार दर खुवाएका छन् । दरका रुपमा बालकोटमा खीरलगायतका विभिन्न परिकार तयार गरिएको थियो ।

एमाले सचेतक शान्ता चौधरीले फेसबुकमार्फत ओलीले दर खुवाएको जानकारी दिएकी छिन् । ओली र उनकी पत्नी राधिका शाक्यलाई ‘बा आमा’ को सम्बोधन गर्दै  लेखेकी छिन्, ‘आज हामी दिदीबहिनी माइत गएको, बालकोटमा आमा बाले दर खुवाएको ।’
एमालेका कतिपय कार्यकर्ताहरुले ओलीलाई ‘बा’ को रुपमा सम्बोधन गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्