२२ जेठ २०८३, शुक्रबार

कतार समस्या : यसो भन्छन् नेपाली श्रममन्त्री

कात्तिक २०, २०७४
कतार समस्या : यसो भन्छन् नेपाली श्रममन्त्री
काठमाडौँ, २ असार- श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् । उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी छ । त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन ।’ नेपाल सरकारको सम्पूर्ण ध्यान अहिले कतारमै रहेकोसमेत उनले बताए ।qatar

मन्त्री मन्सुरका अनुसार अहिले कतारस्थित नेपाली दूतावास, त्यहाँ कार्यरत श्रमसहचारीलगायत निकायबाट हरेक अवस्थाको अपडेट लिने काम भइरहेको छ । मन्त्रालयमातहतका निकाय र नेपाल सरकारका अन्य सरोकारवाला निकायलाई कतारमा कामदारबारे आउन सक्ने सम्भावित समस्याबारे तयारी अवस्थामा रहन आग्रह गरेको उनले जानकारी दिए, नयाँ पत्रिकामा खबर छ ।
नेपालबाट कतारका लागि श्रम स्वीकृति लिने युवाको क्रम अहिले पनि जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्