२२ जेठ २०८३, शुक्रबार

चार दिने भ्रमणका लागि काठमाडौं आइपुगिन् एमसीसी उपाध्यक्ष फातिमा सुमार

चार दिने भ्रमणका लागि काठमाडौं आइपुगिन् एमसीसी उपाध्यक्ष फातिमा सुमार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आइपुगेकी छिन् ।

उनी कतार हुँदै केहीबेरअघि काठमाडौंमा अवतरण गरेकी हुन् । चार दिने भ्रमणका लागि काठमाडौं आएकी सुमारले सबैजसो राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

फातिमासँगै एमसीसीका सहायक उपाध्यक्ष जोनथन ब्रुक्स पनि काठमाडौं आएका छन‍् ।

नेपाल र अमेरिका बीच भएको एमसीसी सम्झौता कार्यान्वयनको लागि राजनीतिक तहमा उनीहरूले संवाद गर्ने तयारी गरेका छन् ।

उपाध्यक्ष सुमारले आजै संसद्को प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्