२९ जेठ २०८३, शुक्रबार

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ७ अर्ब मात्रै

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ७ अर्ब मात्रै

साताको अन्तिम कारोबारको दिन बिहीवार शेयर बजार झिनो अंकले गिरावट भएको छ ।

यस दिन नेप्से परिसूचक ०.६२ अंकले घट्दै २ हजार ८७५.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

यस  दिन सेन्सेटिभ परिसूचक १.५३ अंकले घट्दै ५ सय ३५.२९ विन्दुमा झरेको छ ।

कुल २ सय ३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँमा कारोबार भएको छ ।

व्यापार, जलविद्युत, जीवन बीमा र इन्भेष्टमेन्ट समूहबाहेक अन्य सबै समूहका सूचकहरू बिहीवार ऋणात्मक भएका छन् ।

यस दिन हिमालयन पावर पार्टनर लिमिटेड र सानिमा लाइफ इन्सोरेन्स लिमिटेडको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्