
शुक्रबार बिहान राजधानी काठमाडौंको मौसम खुलेको छ । एकाबिहानै काठमाडौं घमाइलो बनेको छ । यद्यपि दिनभरसम्ममा मौसममा फेरबदल आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको महाशाखाको भनाइ छ ।
महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।