०९ साउन २०८३, शनिबार

एमाले सांसदको नारामा सभामुख सापकोटाले भने– तपाईंहरूको कुरा ठीक लागेको छ !

एमाले सांसदको नारामा सभामुख सापकोटाले भने– तपाईंहरूको कुरा ठीक लागेको छ !
फाइल फोटो

प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने क्रममा एमाले सांसदले ‘वाक स्वतन्त्रता कायम गर’ भनेर लगाएको नारामा सभामुख अग्नि सापकोटाले समर्थन जनाएका छन् । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने क्रममा एमाले सांसदले वाक स्वतन्त्रताको पनि नारा लगाएका थिए । 

‘माननीयहरूले वाक स्वतन्त्रताको कुरा गर्नुभएको छ, ठीक लागेको छ । अरू सदस्यलाई बोल्ने अवसर दिनुपर्‍यो । अरू सदस्यले देशका जल्दाबल्दा समस्याको विषयमा सम्बोधन गर्न खोज्नुुभएको छ,’ सापकोटाले भने, ‘सीमासम्बन्धी समस्या छन् । छलफल गरेर आफ्ना धारणा राख्नका लागि बैठक सञ्चालन गर्न दिन आग्रह गर्छु ।’

एमसीसीको विरोध र दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्रीको पुत्ला जलाइएपछि गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेको थियो । 

गृहको विज्ञप्तिले वाक तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको भन्दै एमालेले विरोध जनाएको थियो । 

एमाले सांसदको विरोध र नाराबाजीपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्