०५ साउन २०८३, मंगलबार
संसदमा तनाव

एमालेको नाराबाजी छल्न दगुर्दै रोस्ट्रममा पुगे अर्थमन्त्री जनार्दन शर्मा

एमालेको नाराबाजी छल्न दगुर्दै रोस्ट्रममा पुगे अर्थमन्त्री जनार्दन शर्मा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको समयमा अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर आर्थिक अध्यादेश पेश गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री शर्माले मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेर अध्यादेश पेश गरेका हुन् ।

त्यसअघि सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विरोधको सूचना पेश गर्न समय दिएका थिए ।

सुवालले प्रमुख प्रतिपक्षी दलको अवरोध रहेको समयमा आफूले प्रस्ताव पेश नगर्ने बताए । त्यो समयमा सुवालले एमसीसीको विरोध गरे । 

एमाले सांसदको नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्