२५ जेठ २०८३, सोमबार
एमालेको नाराबाजीले रोकिएन संसद् बैठक

एमालेको नाराबाजीका बीच बजेटसम्बन्धी अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत

एमालेको नाराबाजीका बीच बजेटसम्बन्धी अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सरकारले बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएको छ । यससँगै उक्त अध्यादेश संसदको सम्पत्ति बनेको छ । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए । 

प्रतिनिधि सभा बैठकले ती अध्यादेशहरू बहुमतले स्वीकृत गरेको हो । 

अध्यादेशहरू स्वीकृत भएसँगै प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । एमाले सांसदको नाराबाजी छल्दै अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए । 

नेकपा एमालेले बुधवार पनि प्रतिनिधि सभाका तीनवटा बैठक अवरुद्ध गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्