
पहिले भूकम्पबाट र अहिले कोरोनाबाट रोजगारी गुमाएका परिवारहरूलाई गैरसरकारी संस्था गुथिले भत्सल इम्पेक्स प्रा.लि. (साओमी फोनका अधिकृत बिक्रेता)को आर्थिक सहयोगमा एक महिनाका लागि ३० परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
‘शहरी मध्यम वर्गका मानिसहरु आफ्नो अवस्थालाई समाजमा देखाउन हिच्किचाउने गर्दछन् र मानसिक रुपमा विक्षिप्त हुन्छन् । शहरी गरिबीलाई न्यूनीकरण गर्नका लागि यस्ता परिवारको पहिचान हुनु जरुरी छ,’ गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने ।
भत्सल इम्पेक्सका प्रबन्धक नितेशकुमार मुन्द्राले कम्पनीको सामाजिक उत्तरदायीत्वअन्तर्गत भक्तपुर लिवालीका न्यून आय भएका र कोभिड–१९ महामारीले समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गरिएको बताए ।
यसै गरी विष्णुमति किनारामा बसोबास गर्ने न्यनू आय भएका समुदायहरूका लागि स्मार्ट टीभी सहयोग गरी विद्यार्थीहरूका लागि भर्चुअल पठनपाठनमा कम्पनीले सहयोग गरेको उनले जानकारी दिए ।