०५ साउन २०८३, मंगलबार

एमालेको विरोधका बीच प्रतिनिधि सभामा पेश भयो संशोधित बजेट

एमालेको विरोधका बीच प्रतिनिधि सभामा पेश भयो संशोधित बजेट

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्नेगरी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक- २०७८ प्रतिनिधि सभामा पेश गरेका हुन् ।

यसअघि शुक्रवार नै बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो ।

अध्यादेश स्वीकृत भएसँगै त्यसलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक संसद्मा पेश गरेका हुन् ।

अर्थमन्त्रीले विधेयक पेश गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले वेलमा नाराबाजी गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्