३१ जेठ २०८३, आइतबार

दुर्घटनामा बितेका मन्त्रीको शोकमा भावुक भए पुटिन (भिडियो)

भदौ २५, २०७८
दुर्घटनामा बितेका मन्त्रीको शोकमा भावुक भए पुटिन (भिडियो)

एकजनाको ज्यान जोगाउने क्रममा मृत्यु भएका रुसका आपतकालीन मामिलामन्त्रीको अन्त्येष्टि समारोहमा राष्ट्रपति भ्लादिमिर पुटिन भावुक भएका छन् । 

येभ्गेनी जिनिचेभको कफिनमा पुटिनले दुईपटक शिर राखेका थिए । कफिनमा रुसको झण्डा बेरिएको थियो । 

त्यसपछि पुटिन येभ्गेनीकी पत्नी नताल्या र छोरा डेनिससँग अन्त्येष्टि समारोहमा सहभागी बनेका थिए । कफिनमा शिर राखेपछि पुटिन निकै निराश भएर हिँडेका थिए । 

जिनिचेभलाई गुमाउँदा आफूलाई अपूरणीय क्षति पुगेको पुटिनले बताएका छन् । जिनिचेभ अविश्वसनीय आन्तरिक शक्ति, सहास तथा वीरतायुक्त व्यक्ति भएको पुटिनले बताए । 

डकुमेन्टरी निर्माता अलेक्जेन्डर मेलनिकलाई बचाउने क्रममा जिनिचेभको ज्यान गएको हो । मेलनिक आर्कटिक क्षेत्रमा सैन्य अभ्यासको शूटिङ गर्ने क्रममा हिउँ जमेको पानीमा खसेका थिए । 

पुटिनले जिनिचेभलाई मरणोपरान्त हिरो अफ रसिया पुरस्कार दिएका छन् । त्यो रुसको सर्वोच्च सम्मान हो । 

जिनिचेभलाई पुटिनले आफ्नो उत्तराधिकारी बनाउनका लागि कोशिश गरेको विश्वास केही मानिसले गरेका थिए । पुटिनको शासनकालमा जिनिचेभको द्रुत गतिमा उदय भएको थियो । उनलाई क्रेमलिनको सुरक्षा परिषदमा शक्तिशाली भूमिका दिन खोजिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्